इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन (भिडियोसहित)
काठमाडौं - काठमाडौंको बसन्तपुर क्षेत्रमा रथ तानेर र लिंगो ढाली, परम्परागत रूपमा इन्द्रजात्राको समापन गरिएको छ ।
स्थानीयवासीहरूले ऐतिहासिक र सांस्कृतिक विधिअनुसार इन्द्रजात्राको रथ र इन्द्रध्वज (लिंगो) ढालेर यो पर्वको औपचारिक अन्त्य गरेका हुन् ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा इन्द्रजात्रा पर्व श्रद्धापूर्वक मनाउने गरिन्छ । यस पर्वलाई नेवार समुदायमा ‘येँया पुन्हि’ नामले पनि चिनिन्छ ।
१२ औं शताब्दीदेखि १८ औं शताब्दीसम्म निर्मित प्रशस्त मठमन्दिरहरूले सजिएको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको मूल स्थल हो ।
काठमाडौंमा मनाइने जात्रामध्ये इन्द्रजात्रा अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले धार्मिक, सांस्कृतिक र सामाजिक विविधता झल्काउँछ ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२ २३:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साताको लोकप्रिय