Harsamaya
आन्दोलनकारीद्वारा संसदमा भवनमा आगजनी 

काठमाडौं - जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् । 

प्रदर्शनकारी उनीहरुलाई प्रहरीले रोकेको थियो । केहीबेरमा उनीहरुले गेट अगाडि नै आगजनी गरेका हुन् । 

काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको हो ।

जेनजीहरुले आज सिंहदरबारमा समेत आगजनी गरेका छन् । विभिन्न राजनीतिक दलका पार्टी कार्यालय,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् । 

 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update