Harsamaya
चीन भ्रमण छोट्याएर स्वदेश फर्कदैं डा. शेखर 
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला।

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला चीन भ्रमण छोट्याएर आकस्मिक रूपमा स्वदेश फर्कन लागेका छन् ।

कोइराला चीनको सियानस्थित सान्सी विश्वविद्यालयको निमन्त्रणामा बेल्ट एन्ड रोड–क्षेत्रीय सहकार्य, प्रशासन र विकास गोष्ठीमा प्रमुख वक्ताका रूपमा सहभागी हुन एक साताको भ्रमणमा थिए । तर, नेपालमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उनले कार्यक्रम छोट्याई बुधबार राति काठमाडौं फर्कने निर्णय गरेका हुन् ।

पार्टी भित्रैका गतिविधि, देशको बदलिँदो परिस्थिति र आन्दोलनरत विद्यार्थीमाथि भएको घटनाप्रति चासो जनाउँदै स्वदेश फर्कने तयारी गरेको उनका निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update