Harsamaya
रास्वपाका रुपन्देही-३ का उम्मेदवार लेखुजंगको स्पष्टीकरण - मेरो एउटा श्रीमतीसँग डिभोर्स भइसक्यो
डा. लेखुजंग थापा ।

काठमाडौं - रुपन्देही-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डा. लेखुजंग थापाले आफ्नो एउटी श्रीमतीसँग डिभोर्स भइसकेको बताएका छन् ।

दुई वटा श्रीमती भएकालाई उम्मेदवार बनाएको भन्दै रास्वपा र लेखुजंगको आलोचना भइरहेको बेला उनले एउटी श्रीमतीसँग डिभोर्स भएको जानकारी दिएका हुन् ।

 उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो।’ 

उनले २०७९ सालमा नै एउटी श्रीमतीसँग डिभोर्स गरेको कागजात पनि सार्वजनिक गरेका छन् । ‘पेशागत सफलताले पूर्ण सन्तुष्ट भएपनि नागरिकका रुपमा म देशमा झाङ्गिँदै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको हुँ’ थापाले उल्लेख गरेका छन् । 

रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा लेखजङ्ग थापासहित ९ जनाले उम्मेदवारीका लागि रास्वपामा आवेदन दिएका थिए । रास्वपा केन्द्रीय सचिवालयको बैठकले पार्टीको तर्फबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update