Harsamaya
बेइजिङ पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । 

चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै उनी रेलमार्गबाट बेइजिङ पुगेका हुन् । 

चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्नेछन् । 

उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update