अदालतको आदेश भएन कार्यानवयन, सञ्चालनमा आएनन् विद्युतीय बस
शुक्रबार, वैशाख १९, २०८२
लुम्बिनी विकास कोष अन्तर्गतका विद्युतीय सवारीसाधन अझै सञ्चालनमा आउन सकेका छैनन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासले नम्बर प्लेट परिवर्तन गरी सञ्चालन गर्न अदालतले आदेश दिएको एक महिनाभन्दा बढी भइसक्दा पनि ती विद्युतीय बस र भ्यान अझै सञ्चालनमा आएका छैनन् ।

देवदहबाट लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन हुने
मंगलबार, माघ ८, २०८१
लुम्बिनी विकास कोषले देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ। गत ४ पुसदेखि सञ्चालन गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रीको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदहबाट समेत सञ्चालन गरिने भएको हो ।

मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख बढी संकलन
बुधबार, पुस २४, २०८१
बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।