दश प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
सोमबार, पुस २२, २०८१
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालले मात्रै नभई निजी अस्पतालले पनि विपन्न नागरिकलाई सुलभ सेवा दिनुपर्ने बताएका छन्।
ह्याम्स अस्पतालले व्यवस्थापन सम्हालेको भक्तपुरस्थित नागरिक अस्पतालको अत्याधुनिक उपकरणयुक्त लेभल–३ आइसियु कक्षको आज उद्घाटन गर्दै उनले निजी अस्पतालले गरिब र भुइँ तहका मान्छेलाई सरकारी नीति अनुसार १० प्रतिशत निःशुल्क सेवा दिनुपर्ने बताए।
मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार
सोमबार, पुस २२, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन् ।
कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताए । उनले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गरे ।
साताको लोकप्रिय

