Harsamaya
हेटौंडा–४ स्थित  वीरेन्द्र बाटिकामा राजावादीहरूले गरे सरसफाई 
ऐतिहासिक वीरेन्द्र बाटिका क्षेत्रमा सरसफाई गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक बहादुर सिंहराष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक बहादुर सिंहलगायत ।

हेटौंडा - मकवानपुरका राजावादीहरूले हेटौंडा–४ स्थित ऐतिहासिक वीरेन्द्र बाटिका क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक बहादुर सिंहको विशेष उपस्थिति रहेको थियो । साथै, विभिन्न राजनीतिक दलमा आवद्ध राजावादी युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका संयोजक विवेक सिंह ठकुरीले वीरेन्द्र बाटिकास्तो ऐतिहासिक स्थलको संरक्षण र स्वच्छताका लागि यस्तो पहल आवश्यक भएको बताए । कार्यक्रममा सहभागीहरूले वीरेन्द्र बाटिका वरिपरिका फोहोर व्यवस्थापन, झारपात सफा गर्ने तथा जनचेतनामूलक सन्देश फैलाउने कार्य गरेका थिए ।

राजसंस्थाप्रति आस्थावान युवाहरुले स्वस्फूर्त रुपमा गरेको यो अभियानले राष्ट्रियता, स्वच्छता र सामाजिक उत्तरदायित्वको सन्देश दिएको आयोजकको भनाइ छ ।
 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update