Harsamaya
बहादुरसिंह लामाले पाएनन् विश्वासको मत, गुमाए संसदीय दलको नेताको हैसियत
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक ।

हेटौंडा - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्।

संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ ।

दलको नयाँ नेताका लागि प्रस्ताव गरिएकामा इन्द्रबहादुर बानियाँको पक्षमा २२ मत परेको छ । यससँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका छन् ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न नैतिक दबाब बढेको छ।

abiswas-prastab-1753776274.jpg

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update