
सिन्धुपाल्चोक - महामानव विपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
चौतारा साँगाचोकगढी नगरपालिका–१० वडा कार्य समितिको आयोजनामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश कांग्रेसका सहमहामन्त्री हरिशरण श्रेष्ठ, सिन्धुपाल्चोक कांग्रेसका सभापति जंगबहादुर लामा, महासमिति सदस्य बंशलाल तामाङ, डा. प्रेमध्वज लामा, लिला नेपाल, बागमती प्रदेश सदस्य कृष्णकुमार तामाङ (समीर), मेलम्ची नगरपालिकाका प्रमुख तथा क्षेत्रीय सभापति आइतमान तामाङ, नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना, महिला संघ सिन्धुपाल्चोककी जिल्ला अध्यक्ष गिता नेपाल, सिन्धु–काठमाडौं सम्पर्क समितिका अध्यक्ष राजेश रत्न दनुवार, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति संघका जिल्ला अध्यक्ष रेशमबहादुर तामाङ, तथा विभिन्न भातृ संस्थाका नेताहरू को उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले एभोकाडो, नासपाती, कफी, कल्की, र दाते ओखरका बिरुवाहरू रोप्दै बिपी कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
नेताहरूले बिपी कोइरालाको विचार, सिद्धान्त र योगदानलाई स्मरण गर्दै यस्ता वातावरणमैत्री गतिविधिमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरेका थिए।