Harsamaya
गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण 
नवनियुक्त गभर्नर विश्वनाथ पौडेल ।

काठमाडौं - नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । 

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन् । 

गभर्नर पौडेल नेपालको १८औं गभर्नरका रूपमा केन्द्रीय बैंकको कार्यालय पुगेका हुन् । उनलाई गभर्नर सिफारिस समितिको सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update