Harsamaya
चार वटा संसदीय समितिको बैठक बस्दै
संसद सचिवालय ।

काठमाडौं - चार वटा संसदीय समितिको बैठक आज बस्दै छ ।

सोमबार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ । सो बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २)८१’ सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

आज बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका विषयमा छलफल हुनेछ ।

अर्थ समितिको बैठक अपराह्न १ बजे बस्ने भएको छ । बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २)५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल हुनेछ ।

यस्तै, आज अपराह्न २ बजे बस्ने लेखा समितिको बैठकमा भने समितिमा परेका उजुरीमाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update