Harsamaya
जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन, क-कसलाई गरिएको छ कारबाही सिफारिस ? [पूर्ण प्रतिवेदनसहित]
जेनजी आन्दोलनका समयमा भएका प्रदर्शन ।

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ गते भएको जेनजी आन्दोलन तथा त्यसको भोलिपल्ट भएका घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ।

आयोगले बुधबार सरकारलाई दिएको सिफारिस सार्वजनिक गर्दै घटनामा संलग्न व्यक्तिमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको हो।

आयोगका अनुसार भदौ २३ र २४ गते भएका घटनामा संलग्न देखिएका व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ।

जेनजी आन्दोलनको घटनाबारे सत्यतथ्य पत्ता लगाउन आयोगले सदस्य लिली थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिले एक महिनाअघि नै आफ्नो प्रतिवेदन आयोगलाई बुझाएको थियो।

सोही प्रतिवेदनका आधारमा आयोगले दोषी ठहरिएका व्यक्तिहरूमाथि कारबाही गर्न सरकारलाई सिफारिस गरेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update