Harsamaya
भेप चोरी–पैठारी प्रकरणमा थप दुई जना पक्राउ
प्रतिकात्मक तस्वीर:हर समय/Har Samaya

काठमाडौं - मुस्ताङमा भेप चोरी–पैठारी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

प्रहरीले बिएई ४९२२ नम्बरको स्कार्पियो गाडीसहित सिन्धुपाल्चोकका दीपेश गदाल र रवीन्द्र दर्नाललाई नियन्त्रणमा लिएको हो । उनीहरूले नक्कली कागजपत्र बनाउन सहयोग गरेको आशङ्का गरिएको प्रहरीले जनाएको छ ।

यसअघि चीनबाट भन्सार छली गरी ल्याइएका ५९० कार्टुन भेपसहित विभिन्न सामान दुई कन्टेनर बरामद गरिएको थियो । बरामद सामानको अनुमानित मूल्य १६ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा यसअघि तीन जना पक्राउ परिसकेका छन् । प्रहरीले पाँचै जनाविरुद्ध थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  २१:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update