Harsamaya
२४ घण्टाभित्र पेस गर्न भन्दै प्रधानमन्त्री कार्यालयले माग्यो सबै मन्त्रालयसँग सवारी साधनको विवरण
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूसँग भएका सवारी साधनको विवरण माग गरेको छ ।  बुधबार सबै मन्त्रालयलाई पत्र पठाउँदै प्रधानमन्त्री कार्यालयले २४ घण्टाभित्र सवारी साधनको विवरण उपलब्ध गराउन भनेको छ ।

मन्त्रालय, अन्तर्गतका विभाग, कार्यालयमा प्रयोगमा रहेका र मर्मत भइरहेका दुई पाङ्ग्रे एवं चार पाङ्ग्रे सवारी साधनको विवरण पठाउन भनिएको छ । 

सवारी ब्रान्ड र मोडल,  सवारी साधन नम्बर, गियर सिस्टम, डिजेल/पेट्रोल वा विद्युतीय कुन हो त्यो खुलाउन भनिएको छ । यसैगरी, उक्त सवारी साधन कसले चलाइरहेको छ, ती प्रयोगकर्ताको पद र सवारी साधनको अवस्था खुलाउन पत्रमा भनिएको छ । 

gadiko-bibaran-chahiyo-1776260908-1776265285.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update