काठमाडौं- प्रधानमन्त्री बालेन शाहको बैंक मौज्दात १ करोड ४६ लाख रूपैयाँ रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री शाहसँग नगद मौजदात १ करोड ४६ लाख रूपैयाँ रहेको उल्लेख छ । उक्त रकम फेसबुक, युट्युब, टिकटक सहितका सामाजिक संजालबाट प्राप्ति भएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
उनको आमा ध्रुव देवी शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १ विघा २ कठ्ठा जग्गा रहेको उनले उल्लेख गरेका छन् । बालेनले भरेको सम्पत्ति विवरणमा उनको बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनले उक्त कुरा उल्लेख गरेका छन् । सार्वजनिक भएको विवरण अनुसार, प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ । सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

