Harsamaya
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
विद्यादेवी भण्डारी ।

काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा पुगि उनले आज अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए । पूर्वराष्ट्रपति भण्डारीले चिकित्सकसँग पनि उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । 

अध्यक्ष ओलीलाई गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार पक्राउ गरिएको थियो । पक्राउपछि उनीलाई उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको छ ।  
 

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update