Harsamaya
भाद्र २३–२४ घटनामा बालेनको बयान: तत्कालीन सरकारले आपराधिक वा आतंकवादी क्रियाकलाप गरेको ठहर

काठमाडौं - २०८२ साल भाद्र २३ र २४ गते काठमाडौं उपत्यकामा भएका आन्दोलन र हिंसात्मक घटनाबारे तत्कालीन मेयर बालेन शाहले आफ्नो भूमिका स्पष्ट पारेका छन्।

उनका अनुसार २३ र २४ गते उनी सरकारी निवास लैनचौरमा थिए। २३ गते भएको शान्तिपूर्ण र्‍यालीमा आफ्नो सार्थन रहेको तर २४ गतेको आन्दोलनमा प्रत्यक्ष सहभागिता नभएको बताए ।

मेयर शाहले भने, ‘व्यवसायी र रेस्टुरेन्ट मालिकको आग्रहमा महानगर प्रहरी बलले पानी वितरण गरेको हो। २३ गते बेलुका संचार माध्यमबाट थाहा पाएँ कि सामाजिक सञ्जालमार्फत अनियन्त्रित सूचना फैलिँदा आन्दोलनमा अनावश्यक तनाव सिर्जना भएको थियो। जनताको सुरक्षा र शान्तिको लागि सामाजिक सञ्जालमार्फत संयमता अपनाउन आग्रह गरिएको हो।’

घटनापछि महानगर प्रहरी बल र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरी घाइते र मृतकको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको उनले बताए।

२४ गतेको घटना पनि पूर्वतयारी नहुँदा र २३ गतेको सरकारी बल प्रयोग र केही असामाजिक क्रियाकलापको परिणामस्वरूप भएको हो। 

मेयर शाहले स्पष्ट पारे राष्ट्रपति र सेनापतिको आग्रहमा उनको भूमिका आन्दोलन शान्ति कायम राख्ने र अनावश्यक हिंसा रोक्ने मात्र थियो। उनले भाद्र २३–२४ का घटनालाई तत्कालीन सरकारले आपराधिक वा आतंकवादी क्रियाकलाप गरेको ठहर गरेका छन् र सम्पूर्ण क्षति जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलले लिनुपर्ने बताए।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update