
चितवन - चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटमा लागेको मकर मेलाको अन्तिममा भक्तजनको भीड लागेको छ । आज शनिबार देवघाटमा भक्तजनको भीड लागेको हो ।
माघे संक्रान्तिमा मेलाको शुभारम्भ गरिएसँगै देवघाट नुहाउनेको भीड लागेको छ । देवघाटमा पुसको अन्तिम दिनदेखि मकर स्नान मेला सुरु हुन्छ ।
गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघमा नुहाउँदा फल प्राप्त हुने जनविश्वास छ । स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरू पनि देवघाटमा स्नान गर्न आउने गर्दछन् । माघेसंक्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ ।
धर्मशास्त्रअनुसार सौरमासका हिसाबले माघेसंक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकरमेला’ भनिएको हो ।