जेनजी प्रदर्शनमा घाइते भएका दुई सय घाइतेको वर्गीकरण
काठमाडौं - जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण स्वास्थ्य मन्त्रालयले गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, हालसम्म कात्तिक–मङ्सिरमा १८३, पुसमा १६ र माघमा १ जनाको वर्गीकरण गरिएको छ।
डा. बुढाथोकीले भने, ‘जिल्ला प्रशासन कार्यालयले घाइते विवरण पठाउनुपर्ने हो, तर सम्पर्कमा नआएपछि वर्गीकरणको संख्या कम देखियो। अब निश्चित अवधि तोकेर बाँकी विवरण संकलन गरिनेछ।’
सामान्य घाइते भएकाले केही सुविधा नपाएपछि धेरैले सम्पर्क नगरेको हुनसक्ने उनले बताए।
स्वास्थ्य मन्त्रालयका तथ्यांक अनुसार जेनजी प्रदर्शनका क्रममा कुल २ हजार ५९९ जना घाइते भएका थिए।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२ २१:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

