Harsamaya
पशुपंन्छीको बलि नखाने विन्ध्यवासिनी मन्दिर [तस्वीरहरू]
विन्ध्यवासिनी देवी नव दुर्गाको मूर्ति ।

काठमाडौं - भक्तपुर सुर्यविनायक नगरपालिका-१ बिरुवामा रहेको विन्ध्यवासिनी देवीको मन्दिर अलौकिक छ ।

विन्ध्यवासिनी देवी नव दुर्गाको एउटा रुप हो ।  विन्ध्यवासिनीको अर्थ संस्कृतमा वनमा वास गर्ने देवी भन्ने बुझिन्छ। यो मन्दिर सडक बाट करिब १०० मिटरको उचाईमा रहेको छ ।

मन्दिर पुग्न खुड्किलाहरु चढेर जानुपर्छ । मन्दिर परिसरमा परापूर्वकाल देखिका मनोकामना पुरा गर्ने कुलमाया भगवतीको र पन्चकन्या देवीहरुको मन्दिर पनि छ ।

वन मुनि शान्त र स्वछ वातावरणमा रहेको यस मन्दिरमा पुग्ने बितिकै मन स्थिर र शान्त हुन्छ । यहाँ पशुपन्छीको बलि निषेध गरिएको छ ।

5-1760845629.png

8-1760845649.png

7-1760845641.png

6-1760845640.png

4-1760845628.png

2-1760845619.png

1-1760845606.png

9-1760845606.png

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update