Harsamaya
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो
विराटनगरस्थित भाटभटेनी सुपरमार्केट ।

विराटनगर - जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव अर्थात मानव कंकाल फेला परेको छ ।

मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगजनी र लुटपाटका क्रममा घटनास्थलमै कसैको मृत्यु भएको हुन सक्छ ।

जेन–जी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरू आन्दोलनकारीहरुको निसानामा परेको थियो ।

धरान र विराटनगरको भाटभटेनी भने ध्वस्त छ ।  धरानस्थित भाटभटेनीमा आगजनी हुँदा चार जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update