Harsamaya
हाटबजारमा सरसफाइ अभियान, स्थानीय युवाको सक्रियता
बजारको दयनीय अवस्थालाई मध्यनजर गर्दै चोहर्वा बजारका स्थानीय युवाहरूको सक्रिय सहकार्यमा सरसफाइ अभियान सञ्चालन।

सिरहा - गोलबजार नगरपालिका-८ स्थित पुरानो चौक चोहर्वामा दशकौँदेखि लाग्दै आएको ऐतिहासिक गुदरी हाटबजार पछिल्लो समय बेवास्ता र फोहोरका कारण अस्तव्यस्त भएको थियो ।

जेनजी आन्दोलनपछि सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति नहुँदा बजार क्षेत्र फोहोरले थिचिएको अवस्था आएको थियो ।

बजारको दयनीय अवस्थालाई मध्यनजर गर्दै चोहर्वा बजारका स्थानीय युवाहरूको सक्रिय सहकार्यमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । उनीहरूले बजार क्षेत्रको फोहोर हटाई वातावरण सफा र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

स्थानीय युवाहरूको यो पहलले न केवल चोहर्वाको सौन्दर्य फर्काएको छ, तर सामुदायिक चेतनाको उदाहरण पनि प्रस्तुत गरेको छ । बजार व्यवस्थापनमा स्थानीय तह र समुदायको सहकार्य आवश्यक रहेको स्पष्ट देखिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update