जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला

बाजुरा - जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ सुपानाका २३ बर्षका ओजन बुढा मृत फेला परेका छन्।
४ दिनदेखि सम्पर्कविहीन रहेका उनी शुक्रबार दिउँसो काठमाडौं स्थित बि एण्ड बि अस्पतालमा मृत भेटिएका हुन् । बुढा काठमाडौं स्थित चाबिलमा बस्दै आएका थिए भने उनी कक्षा १२ मा अध्ययन गरिरहेका थिए ।
यसअघि उनको फोन अफ थियो भने खोजी कार्य गर्दा पनि सम्पर्कमा आउँन सकेका थिएनन् । यहीँ भदौ २३ गते काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन उनी सहभागी भएका थिए ।
आज आफन्तहरुले दिनभर खोजी कार्य गर्दा उनी आज दिउँसो अस्पतालमा मृत भेटिएको पारिवारीक स्रोतले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ १९:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय