Harsamaya
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा आगजनी
 कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा आगजनी ।

कोशी - कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा आगजनी गरिएको छ ।

जेनजी आन्दोलनकारीले मंगलबार दिउँसो कोशी प्रदेशसभा भवनमा आगजनीपछि मुख्यमन्त्री कार्यालयमा पनि आगजनी गरेका हुन्। आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय मोरङमा पनि आगजनी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय नजिकै रहेको हुलाक निर्देशनालयमा पनि आगजनी गरेका छन् । आन्दोलनमा उत्रिएको समूहले सरकारी कार्यालय खोजीखोजी आगजनी गरिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update