वीरगन्जमा मन्त्री अजय कुमार चौरसियाको निवासमा तोडफोड

वीरगन्ज - देशभर चर्किरहेको जेनजी आन्दोलनको लहरबीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा नेपाली कांग्रेसका नेता अजय कुमार चौरसियाको वीरगन्जस्थित निवासमा तोडफोड भएको छ ।
स्थानीय स्रोतका अनुसार प्रदर्शनकारीहरूको एक समूहले मन्त्री चौधरीको घर अगाडि नाराबाजी गर्दै ईँटा र ढुंगा प्रहार गरेका थिए । यस क्रममा घरको गेट र झ्यालमा क्षति पुगेको बताइएको छ । घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिएको छ ।
यसअघि सोमबार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा १९ जना युवाको मृत्यु भएपछि देशभर आक्रोशित आन्दोलन तीव्र बनेको हो । सरकारको मौनता, दमनको शैली, र नागरिकको आवाजलाई दबाउने प्रयासप्रति असन्तुष्ट जनाउँदै युवा पुस्ता सडकमा उत्रिएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १३:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय