Harsamaya
काठमाडौं महानगरपालिकाले अस्पतालहरुमा कुरुवालाई सुत्ने व्यवस्था मिलाउँदै
महानगरपालिका प्रहरी वलले अस्पतालमा कुरुवाहरुको लागि सुत्ने व्यवस्था मिलाउदै ।

काठमाडौं - काठमाडौं महानगरपालिकाले जेनजीहरुको आन्दोलनमा घाइतेहरुको उपचार भइरहेका अस्पतालमा सुत्ने व्यवस्था मिलाई रहेको छ ।

महानगरपालिका प्रहरी वलले अस्पतालमा कुरुवाहरुको लागि सुत्ने व्यवस्था मिलाइरहेको हो ।

यसअघि महानगरले प्रदर्शनका क्रममा घाईते भएकाहरुको लागि १५ वटा एम्बुलेन्स, खाना र पानीको पनि व्यवस्था गरेको थियो । जसको कारण मेयर बालेन शाहको चौतर्फि चर्चा चलिरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update