गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं - गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बन्दा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।
उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।
जेनजीको प्रदर्शनमा ज्यान गुमाएकाहरूको विषयलाई टेकेर कांग्रेसको शीर्ष नेताहरूको बैठकमा उनको राजीनामा मागिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ २०:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय